किरात राई यायोक्खा
प्रारम्भिक कार्य समिति आश्फोर्ड केन्ट वेलायतको
बार्षिक कार्य प्रगति प्रतिवेदन
१७ अप्रिल २०११
आदरणिय सभाका सभा अध्यक्षज्यु,
प्रमुख अतिथिज्यु, आमन्त्रित अतिथिज्युहरु, विशिष्ट संरक्षक सदस्यज्युहरु,
समितिका सल्लाहकारज्युहरु, संचालक
समितिका पदाधिकारी तथा सदस्यज्युहरु लगायत आजको यस गरिमामय सभामा सहभागी हुन
पाल्नुभएका किरात राई बन्धु, भद्रमहिला तथा सज्जन ब्रिन्दहरुमा समितिको तर्फवाट
साथै मेरो ब्यक्तिगत तर्फवाट हार्दिक न्यानो अभिवादन टक्र्याउंन चहान्छु।
हामी
किरात राई जातिहरु आदिमकालदेखि नै आदीवासी भुमिपुत्रको रुपमा परिचित त छंदैछौं
र विश्वको ईतिहांसमा नै हामी किरात राई जातिहरु एक यस्तो जाति हो, जो एक राई
जाति भएर पनि बिभिन्न थर, उप-थरमा
बिभक्त भएर त्यसै अनुरुप भिन्न-भिन्नै आ-आफ्नै भाषाको आविष्कार गरि आफ्नो
भेष-भूषा,भाषा,धर्म र संस्क्रितिको संरक्षण र संबर्दन गर्दै आईरहेको जाति हो।
यस सन्दर्भमा हामी राई जातिहरु एक शुन्दर बगैंचामा
रङ्गी-विरङ्गी फुल फुल्ने एक सुन्दर फूलवारी हो भन्नुमा अतियोक्ति नहोल।
यसमा
हामीले ती हाम्रा अद्भभूद पिता पुर्खाहरु प्रति गौरव मान्नै पर्दछ । मानव
सभ्यता कालदेखि बर्तमान सम्मलाई हेर्ने हो भने हामीले विश्वमा धेरै परिवर्तनहरु
भएको पाउंदछौं। विश्वमा बिभिन्न बिकास र आविष्कारका कुराहरु चरम चुलीमा पुगेको
छ र यसको प्रभाव स्वरुप विश्वका अधिकांश देशका जात-जातिहरुको आफ्नो मौलिक
भेष-भुषा,भाषा, धर्म, संस्कार र संस्क्रितिहरु धरायशी बन्दै गईरहेको अवस्था छ।
सभाध्यक्ष
महोदय तथा उपस्थित किरात बन्धु ज्युहरु, यस कुराबाट हामी किरात राई जातिहरु पनि
अछुतो रहन सकेका छैनौं। यस कुरालाई महशुस गरेर नेपालमा बिक्रम सम्बत २०४६
सालको प्रजातन्त्र प्राप्तिपछि
हाम्रो लोप हुन लागेको आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्क्रितिको संरक्षण
र सम्बर्दन गर्दै लैजाने हेतुले हाम्रो जातिय संस्था किरात राई यायोक्खा गठन
गरि यसले देशका बिभिन्न क्षेत्र लगायत विश्वका विभिन्न ठाउंमा छरिएर रहेका
किरात राई बन्धुहरुलाई समेटेर शाखा समितिहरु बिस्तार गर्दै र विभिन्न
क्रियाकलाप तथा कार्यक्रमहरु गर्दै आईरहेको छ।
त्यसैको फलस्वरुप आज विश्वको कुना कुनामा जहां किरात राई बन्धुहरु आफ्नो
बिभिन्न पेशा तथा ब्यवसायको क्रममा बसोवास गर्नुभएको छ, ती स्थानहरुमा किरात
राई यायोक्खाको उप-समितिहरु स्थापनाहुने क्रममा यो आस्फोर्ड केन्टमा पनि ई.
वि. सम्बत २००४ सालमा प्रारम्भिक कार्य समिति गठन गरि निरन्तर रुपमा काम गर्दै
आईरहेको भन्नेकुरा यहांहरुलाई बिद्दितै छ। यस समितिले धेरै आरोह अवरोहहरु पार
गर्ने क्रममा गत २०१० साल मार्च २८ तारिख आईतवारका दिन सम्पन्न प्रारम्भिक
सम्मेलनले नयां कार्य समितिको चयन गरि अभिभारा सुम्पिएको हुनाले समितिले
बर्षदिन भित्र गरेको कामको प्रतिबेदन यस गरिमामय सभामा प्रस्तुतगर्ने अनुमति
चहांन्छु |
वेलायतको बसाईमा समयको अभाव र कार्य ब्यस्तताको बारेमा हांमी सबैलाई विद्दित
भएकै कुरा हो । यसको वावजुद पनि यस प्राकासले यथाशाक्य सम्पुर्ण आश्फोर्ड वासी
राई बन्धुहरुलाई समेटेर सबै कार्यक्रमहरु गर्ने हरप्रयाश गरिरहेको भन्ने कुरा
यहांहरु समक्ष अवगत गरिरहन आवश्यक नहोला ।
अध्यक्ष महोदय, तथा उपस्थित किरात वन्धुज्यूहरु, यस प्राकासले गत साल नयां
कार्य समिति चयन भए पश्चात अप्रिल ४ तारिख २०१० का दिन समितिको पहिलो बैठकले
निर्णयगरी निम्न वार्षिक कार्ययोजनाहरुको तर्जुमा गरि कार्यान्वयन
गर्ने निर्णय गरेको बुंदाहरु
निम्न रहेका छन् ।
१ आशफोर्ड वासी राई वन्धु सम्पुर्णलाई किराया बेलायतको सदस्यता बन्न
प्रोत्साहित गर्ने ।
२. शिक्षा तथा खेलकुद विधामा उत्क्रिष्ठ राई नानीहरुलाई हौसला स्वरुप कदर पत्र
प्रदान गने ।
३. अन्तर प्राकास भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।
४. युवा उपसमिति गठन गरि क्रियाशिल गराउंने ।
५. युवा
तथा नानीहरुको वीच शैक्षिक तथा बौदिक विकाशका लागि बर्षमा एक पटक खेलकुद तथा
हाजिरी जवाफ प्रतियोगिता गराउने ।
६. विहेवारी भएमा प्रत्येक घरवाट £२५ का दरले साङ्चेप उठाई सहयोग पुर्याउंने ।
७. एउटा क्यामेरा खरिद गर्ने ।
८. किरातीहरुको महान पर्ब साकेला/साकेन्वा उधौली मंसिरे पुर्णिमा आशफोर्डमा पनि
मनाउंन शुरुगर्ने ।
९. परिवारहरुलाई बर्षमा एक पटक कुनै-१
ऐतिहांसिक स्थलको सामुहिक भ्रमण गराउंने ।
१. साकेला उभौली २०१०:- किरात राई
यायोक्खा राष्ट्रिय संयोजन समिति वेलायतको आयोजना तथा किरात राई यायोक्खा
प्रारम्भिक कार्य समिति अल्डरसट साथै फार्नवरोको संयुक्त संयोजकत्वमा गत साल २९
मेई २०१० शनिवारका दिन कन्नौउट
लेईजर सेन्टर फार्नवरोमा सम्पन्न किरात राईहरुको महान चार्ड
साकेला/साकेन्वा उभौली कार्यक्रममा यस
प्राकासका राई बन्धु परिवारहरुले उल्लेख्य मात्रामा सहभागी भई भब्यताका साथ
मनाएको थियो भने यस प्राकासबाट निम्न नाम उल्लेखित
महानुभाव र छोरा छोरी/ भान्जा भान्जीहरुले शिली नाच प्रतियोगितामा सहभागी भएका
थिए: श्री धनजित राई र श्री पूर्ण
राईले ढोल वादकमा
सहयोग
पुर्याउनु
भएको थियो भने, प्रतिक राई, सोनिका राई, सुजना राई सरोज राई, उमा राई, मिङ्फाई
राई, प्रियाङ्का
राई, करिश्मा
राई, उर्मिला
राई, त्रिशला
राई, रुपा राई, दिपा राई, श्रिष्टिका राई, प्रेमला राई, नम्रता राई, प्रतिमा
राई, रीना
राईले उत्सुक्ताका साथ सहभागी भई समग्रमा
हाम्रो प्राकासले तेश्रो स्थान प्राप्त गर्न सफल भएको थियो।
२.
यलम्बर स्मृति दिवश्:-
मिति १४ अगस्ट २०१० शनिवारका दिन किरातीहरुको प्रथम राजा यलम्बर हाङ्को जन्म
दिनको सम्झनामा यलम्बर स्मृति दिवश किरात राई यायोक्खा राष्ट्रिय संयोजन समिति
वेलायतको आयोजना तथा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति आश्फोर्ड
केन्टको संयोजकत्वमा ग्रेट चार्ट खेल मैदान आश्फोर्ड केन्टमा भब्यताका साथ
सम्पन्न गरेको थियो। यलम्बर हाङ स्मृति दिवश यस प्राकासले गत सन २००९ साल देखि
नै लगातर आयोजना गर्दै आईरहेको छ। उक्त दिनको कार्यक्रममा बिभिन्न
मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको थियो भने किरांतहरुको पौरांणिक हतियार
धनुषवांण प्रतियोगिता मनोरञ्जनको मुख्य केन्द्रबिन्दु रहेको थियो।
३. देउसी
भैलो कार्यक्रम:- आश्फोर्डवासी राई बन्धुहरुलाई समेटेर सम्पूर्ण
नेपालीहरुको महान चार्ड शुभ-दीपावली मनाउंदै मनोरञ्जन दिलाउंने उद्देश्यले मिति
६ नोभेम्बर २०१० शनिवारका दिन सेन्ट साईमन चर्चहल आश्फोर्ड केन्टमा यस समितिले
देउसी भैलो कार्यक्रमको आयोजना
गर्यो । उक्त दिनको कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ
आश्फोर्ड वासी राई बन्धुहरु तथा अन्य उपस्थित महानुभावहरुले
दीपावलीको शुभकामना आदान प्रदान गर्दै
देउसी
भैलो कार्यक्रम मनाएको थियो |
४.
मंसिरे पुर्णिमा साकेला उधौली :-
किरात राईहरुको बिविध चार्डहरु मध्ये एक महान चार्ड मंसिरे पुर्णिमा साकेला
उधौली यस प्राकासले मिति २६ डिसेम्बर २०१० आईतवारका दिन स्वान सेन्टर हलमा
आयोजना गरि
भब्यताका साथ मनाएको थियो। उक्त दिनको
कार्यक्रममा बिशेष अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम डा. सुरेशचन्द्र
चालिसेज्यु सरिक हुनुहुन्थ्यो भने किराया बेलायतका अध्यक्ष श्री रामधन राई,
महा-सचिब श्री पदम बहादुर राई लगायत विशिष्ट सदस्यज्युहरु, बिभिन्न जातिय संघ
सस्थाका प्रमुख तथा प्रतिनिधिज्युहरुको भब्य उपस्थिति रहेको थियो| कार्यक्रममा
हाम्रो संस्कार र संस्क्रितिका कुराहरु
भेष-भुषा,
पौराणिक गरगहना, रितिरिवजलाई बढी प्राथमिक्ता दिईएको थियो |
५.
प्राकासको नाममा बैंक खाता:-
यस प्राकासले कुनै आर्थिक कारोवार गर्नु परेमा सरल र पारदर्शी गर्नका लागी
प्राकासको नाममा बैंक खाता खोल्नु पर्ने आवश्यक्ताको महशुस भएको हुंदा समितिका
अध्यक्ष श्री प्रश्न राई, सचिव श्री ध्यान बहादुर राई र कोषाध्यक्ष श्रीमती
बसुन्धरा राई गरि ३ जनाको संयुक्त नाममा खाता खोली कारोवर गर्न शुरु गरिएको पनि
जानकारी गराउंन चहांन्छु ।
६.
क्यामेरा खरिद:- प्राकासले गरेको
कुनै पनि क्रियाकलाप तथा कार्यक्रमहरुको फोटोहरु संकलन गर्नका लागी क्यामेराको
अति आवश्यक भएको हुनाले समितिका
सदस्यहरु वीच यस बिषयमा छलफल, सल्लाह गरि समितिका सदस्यहरु बाटै स्वईच्छाले रकम
संकलन गरि एउटा डिजिटल क्यामेरा खरिद गरिएको पनि
जानकारी गराउंन चहान्छु ।
७. विविध:-
यस
समितिले अन्य विबिध क्रियाकलापहरु आश्फोर्डवासी राई बन्धु परिवारहरुमा भईपरि
आएको सुख, दु:खको कार्यक्रमहरुमा सहयोग गर्ने
भरमज्बुर प्रयास गर्दै आईरहेको ब्यहोरा पनि अवगत गराउदै राष्ट्रिय संयोजन समिति
वेलायतको निर्देशन साथै यस प्राकासका सल्लाहकारज्यूहरु, अन्य मान्यजन
सदस्यज्यूहरुको सुझाव र सल्लाह अनुसार
भईपरि आएको समयमा यस समितिले सकेसम्म आफ्नो कर्तब्य निर्वाहगर्दै आईरहेको छ
भन्ने हामीलाई लागेको छ। जस्तै:-
क.
सम्मान तथा शुभकामना:-
आस्फोर्ड बासी किरात राई परिवारका
नानीहरुले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेको हुनाले उनिहरुलाई
हौसला प्रदान गर्नकोलागी नेपाली पत्रिकामा शुभकामना ब्यक्त गर्ने क्रममा यस
बर्ष डा. कोपिला राई MBBS, डा. बन्दना राई BDS तथा GCSC मा उत्कृष्ट नतिजा
ल्याउने सुश्री सुप्रभा राई, सुश्री प्रियन्का राई र श्री सङ्गम राईलाई पत्रिका
मार्फत बधाई तथा शुभकामना दिईयो |
ख. सुखद कार्यक्रममा सहयोग:-
किरात राई यायोक्खा वेलायतका वर्तमान उपाध्यक्ष श्री चक्र बहादुर राई तथा
किराया वेलायतकी विशिष्ट संरक्षक सदस्य श्रीमती वसुन्धरा राईज्युकी सुपुत्री
डा. बन्दना राई एवं
खोटाङ घर भई काठमाडौं कपन निवासी श्री दिल कुमार राई तथा श्रीमति गंगा
राईज्युको सुपुत्र श्री बिनोद
राईको शुभ-विवाह किरात राईहरुको रितिरिवाज अनुसार सु-सम्पन्न कार्यक्रम सफल
पार्न यस प्राकासले
सहयोग गरेको थियो।
(घ). समबेदना:-
आस्फोर्ड बासी किरात राई परिवार भित्र परेको दु:खद घडीमा म्रितकका परिवार प्रति
सहानुभुति तथा म्रितकको चिरशान्तिको कामना गर्ने क्रममा यस बर्ष पनि हामी दैबको
काखबाट अलग रहन सकेनौ, तसर्थ स्वर्गिय तेज बहादुर राई, कुल बहादुर राई, वीर
बहादुर राई र तिलक बहादुर राई को नाममा
समिति र आस्फोर्डबासी किरात राईहरुको तर्फबाट नेपाली पत्रिकामा भावपुर्ण
श्रदान्जली सहित समबेदना छपाउने काम गरेको थियो |
(ङ). सहयोग रकम संकलन:-
किरात राई यायोक्खा केन्द्रिय कार्य समिति नेपालले आयोजना गरेको गत २०६७ साल
चैत्र २७ र २८ मा सम्पन्न किराया अन्तरराष्ट्रिय सम्मेलनको लागी सहयोग रसिद
बिक्रि गरि यस प्राकासले जम्मा £३२३.४१p संकलन गरि पठाउंन सफल भएको थियो।
सभाध्यक्ष महोदय तथा उपस्थित किरात वन्धु ज्युहरु, उपरोक्त उल्लेखित बुंदाहरु
बाहेक अन्य कार्यन्वयन गर्न नसकिएका तथा बांकी रहेका विषयहरु आगामी दिनहरुमा
पूरा गर्न प्रयाश गर्ने अठोटका साथ आगामी बर्षको वार्षिक साधारण सभा सम्मको
लागी यस प्राकासले
गर्ने नियमित भावी कार्यक्रमहरु निम्न अनुसार छन्।
भावी कार्यक्रमहरु:
१. साकेला / साकेन्वा उभौली बैशाखे पुर्णिमा २०११:- मिति २१ मे २०११ फर्नवरो।
२. यलमबर स्मृति दिवश:- मिति १३ अगष्ट
२०११ शनिबार - ग्रेट चार्ट फिल्ड, आश्फोर्ड।
३. अन्तर प्राकास अन्तरक्रिया, भेटघाट - जुन-जुलाई महिनामा समय हेरी मिलाउने।
४. देउसी भईलो कार्यक्रम:- मिति २९ अक्टोवर २०११, शनिवार - सेन्ट साईमन चर्चहल
।
५. साकेला / साकेन्वा उधौली मंसिरे पुर्णिमा पर्व:- समय हेरि मिलाउंने।
६. युवा
तथा नानीहरुको वीच शैक्षिक, तथा बौदिक विकाशका लागि बर्षमा एक पटक खेलकुद तथा
हाजिरी जवाफ प्रतियोगिता गराउने ।
७. परिवारहरुलाई बर्षमा एक पटक कुनै-१
ऐतिहांसिक स्थलको सामुहिक भ्रमण गराउंने ।
हाम्रो पवित्र संस्था सफल बनाउंन सदभाव तथा साथ सहयोग गर्नुहुने सम्पुर्ण
आशफोर्ड बासी किरात राई बन्धु ज्यूहरुलाई हार्दिक धन्यवाद दिंदै संस्थाको
ईतिहांसमा नौलो आयम थप गर्न, लगनशिल र कृयाशिल किरात राई बन्धुहरुलाई पुन:
तपाईंहरुको अमुल्य सल्लाह,सहयोग र सुझावको आपेक्षा राख्दै र नयां बर्ष बि सं
२०६८ सालको शुभकामना ब्यक्त गर्दै
प्रस्तुत प्रतिबेदनमा छलफल गरी पारित गरि दिनुहुन समेत हार्दिक अनुरोधका साथ यो
प्रतिवेदन यहि अन्त भएको सादर अनुरोध गर्दछु |
पित्रिदेव सुम्निमा पारुहाङले हामी सवैको कल्याण गरुन,
धन्यवाद !
जय किरात !
प्रस्तोता
ध्यान
बहादुर राई
सचिब
KIRAT RAI YAYOKKHA UNITED KINGDOM (ASHFORD BRANCH)
|
|||
![]() Mr.Debraj Rai (Vice President) Home - Mobile - |
|
|
|
|
|
![]() Mr.Ganeshchandra Rai (Cultural Secretary) Home - Mobile - |
![]() Mrs.Krishnakumari Rai (Asst-Cultural Secretary) Home - Mobile - |
![]() Mr.Dhanjit Rai (Administrative) Home - Mobile - |
Mrs.Suryakala Rai (Administrative) Home - Mobile - |
![]() Mr.Karna Rai (Asst Administrative) Home - Mobile - |
![]() Mr.Devraj Rai (Asst Administrative) Home - Mobile - |
![]() Mr.Dalbahadur Rai (Asst Administrative) Home - Mobile - |
![]() Mrs.Sarala Rai (Asst Administrative) Home - Mobile - |
![]() Mr.Bajra Kumar Rai (Asst Administrative) Home - Mobile - |
||