किराया युके को समिती चयन गर्न बाँकी - किरात राई यायोक्खा राष्ट्रिय संयोजन समिती बेलायतको चौथो राष्ट्रिय अधिबेशन फानबरो को वकफाम कमुनिती स्कुलको हलमा भब्यताका साथ सम्पन्न गरेकोकोछ | समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कार्यबाहाक महामहिम नेपाली राजदुत  श्री झपेन्द्र अर्याल, अतीथिहरुमा गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष श्री सुर्य गुरुङ किरात राई यायोक्खाका समाजसेवी श्री रत्न राई, पुर्खा मानबहादुर राई लगाएत विभिन्न प्रारम्भिक कार्य समितिका प्रमुख ज्युहरु र अन्य संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  आतिथ्याग्रहण  गर्नु भएको थियो | त्यसैगरी समितिका सल्लाहकार र बिसिस्ट सदस्यहरु  मन्चमा आसिन हुनुहुन्थ्यो | बिहानी ११ बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका सदस्य चक्रबहादुर राई गरे भने, समितिका उपाध्यक्ष श्री  कमल राईले स्वागत मन्तब्य दिनु भएको थियो | कर्यक्रमको समुध्घाटन प्रथम किराती राजा यलम्बरको फोटोमा माल्यपण तथा द्विप प्रजलन गरि गरिएको थियो | कर्यक्रममा प्रमुख अथिती श्री झपेन्द्र अर्याल र अथितीहरु श्री सुर्य गुरुङ, श्री रत्न राई, श्री मानबहादुर राई,अधिबक्ता श्री चन्दिराज राई लगायतका बक्ताहरुले बोल्नु भएको थियो | यसरी उदघाटन शत्रको कार्यक्रम समापन गरे पस्चात खानपिन गरि बन्द शत्रमा प्रबेस गर्‍यो |  समितिका सचिब श्री चन्द्र राई समितीको प्रगती प्रतिबेदन तथा समितिका कोषाध्यक्ष श्री डम्बर राईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो | यसरी प्रस्तुत गरिएको प्रतिबेदनहरु माथि फ्लोरले छलफगरी अनुमोदन गर्‍यो  त्यसैगरी गत बर्ष समितीको साधारण सभाले अनुमोदन गरेको यस संस्थाको बिधान २००८ का केही दफा र उपदफालाई संसोधन गर्नु परेको हुँदा उक्त दफा,उपदफा माथि छलफलगरी अनुमोदन गर्‍यो  | यसरी अधिबेसनले ठुलो जिम्मेवारी लिएर काम गर्नु पर्ने भएकोले समितीको नयाँ समिती चयन गर्ने कामलाई समयको अभाबले गर्दा अधिनेसनको निर्बाचन मन्दल संग छलफल गरि पछि सारिएको छ समय केही भएता पनि बेलुकी ठीक ६ बजे सम्म मात्र हल उपलब्द हुनेहुदा ६ बजे नै कार्यक्रमको बिधीबत बिसर्जन गर्‍यो   |

 

 

 



--------------------------------------------------------------------------------------------------------------

 

Standing from left to right - Distinguished Members with their certificates and badges Mr. Shivaram Rai, Mr. Bhupjit Rai, Mr. Ranouddim Rai, Mr. Birendra Rai, H. E. Mr. Murariraj Sharma (the Ambassador of Nepal) and Mr. Ramdhan Rai (acting Chairman).

किरायाको पहिलो ऐतिहासिक कार्यक्रम सम्पन्न
 
    किरात राई यायोक्खा युकेले गत २ अगष्ट सनिवार फान्ब्रो स्थित वेभल क्याम्पस हाताभित्र एक बृहत र सफल ऐतिहासिक कार्यक्रम सम्पन्न गरयो ।  हुनत किराया युकेले यस अघि धेरै पटक थुप्रै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ तर यस पटक छुट्टै र नयाँ अनि रचनात्मक कार्यक्रहरु समेटेर कार्यक्रम आयोजना गर्न सफल किराया युकेले अब आउने दिनहरुमा छुट्टै र नयाँ किसिमले आफु र आफ्नो समाजलाई अघि बढाउने शुभ संकेत दिदै कार्यक्रम  सम्पन्न गरेको छ।
     बेटुङे मौसमको घरि पानी पर्ने र घरि घाम लाग्ने गजवको वातावरणका विच स्वयंसेवकहरुले बिबिक्यु र खानाको तयारी पुरा गरे पछि बफेट सिस्टममा उपस्थित सम्पूर्णले दिवा भोज लिएका थिए। युकेका विभिन्न ठाँउहरुबाट उत्साहित राईहरुको उल्लेख्य उपस्थिती रहेको भेटघाट तथा  बिबिक्यु पार्टीमा नेपाली दुतावास तथा अन्य संघ संस्था र स्थानिय प्रशासनका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम श्री मुरारीराज शर्मा, रोसमोर बोरो काउन्सिलका उप-मेएर रोजर किम्वर, काउन्टि काउन्सिलर् इरिक नियल, विएफबिएस गोर्खा रेडियो युकेका महा-प्रवन्धक खेम गुरुङ

तमु प्ले हुँका अध्यक्ष जगत पेहाचु तमु, किरात याक्थुम चुम्लुङका महा-सचिव बिजय बिक्रम लिम्बु लगाएत अन्य बिशिष्ठ अतिथिहरु उपस्थित हुनु भएको थियो। दिवाभोज पछाडी सुरु भएको औपचरिक कार्यक्रमहरुमा संस्थाको निम्ती उल्लेख्य योगदानपुर्‍याउनुहुने  सदस्यहरुलाई कदर स्वरुप बिशिष्ठ सदस्यताको प्रमाण पत्र र बिशेष पदक दारा सम्मान गरिएको थियो । प्रमुख अतिथीको बाहुलीबाट प्रदान गरिएको विशिष्ठ सदस्यता प्राप्त गर्नुहुनेहरुमा क्याप्टेन श्री भुपजित राई  क्याप्टेन श्री प्रभुराम राई क्याप्टेन श्री टिका राई, श्री नरोदिम राई, श्री शिवराम राई, श्री विरेन्द्र राई, श्री शहरमान राई, र श्री बमकर्ण राई रहनु भएको थियो ।

       साहित्य संगीत शिक्षा र कला तर्फ उल्लेख्य योगदान र विभिन्न पुरस्कार तथा उपलब्धि हासिल गरि किरात राई समाजमा उत्कृष्ठता हासिल गर्न सफल साहित्यकारहरु, समाज सेवी गायक गीतकार नृत्यकार र विधार्थीहरुलाई कदर पत्र प्रदान गरि अझ लगनसिल र मेहनतका साथ आ-आफ्नो क्षेत्रमा अघिबड्न प्रेरणा दिने हेतुले सम्मान तथा प्रशंशा र कदर पत्र प्रदान गरिएको थियो । जस अन्तर्गत साहित्य तर्फ श्री रक्ष राई, श्री दयाकृष्ण राई, श्री मुलीबीर राई, श्री नरेश

राई , श्री जगत नवोदित राईलाई सम्मान पत्र प्रदान गरिएको थियो। कला तर्फ गायनमा श्री भगवान चाम्लिङ र भुमिराज राई नृत्य तर्फ  सुश्री सुजाता राई र सुश्री संयुक्ता राई, संचार तर्फ श्री योगराज राई, खेलकुद तर्फ मास्टर राष्ट्र राई लाई सम्मान गरिएको थियो। त्यसरि नै शैक्षिक क्षेत्रका डा. सुस्मा राई, डा. कोपिला राई, श्रीमती सरिता राई, श्री विजय राई, श्री प्रविन राई र श्री कुल राई लाई प्रसंशा पत्र प्रदान गरिएको थियो । संस्थाको निम्ती धेरै लामो समय देखि निरन्तर सहयोग र हरेक कार्यक्रमहरुमा लगनसिल भई खट्नुहुने सदस्यहरुलाई पनि कार्यक्रममा धन्यवाद र कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा महामहिम श्री मुरारीराज शर्मा, उपाध्यक्ष श्री ओम राई, काउन्सिलर् रोजर किम्वर लगायतले बोल्नु भएको थियो । बिभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरुलाई गीतकार विश्वकाजी राई, श्रीमती सरिता राई र जगत नवोदितले संयुक्त रुपमा प्रस्तुत गर्नु भएको थियो भने औपचारीक कार्यक्रम संस्थाका महा-सचिव पदम बहादुर राई र सचिव मकर ध्वज राईले संचालन  गर्नु भएको थियो । उपाध्यक्ष श्री रामधन राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै उपाध्यक्ष राईले उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन तथा सबैलाई सामाजिक चेतना जगाउन आह्वान गर्नु भएको थियो। कार्यक्रम साँझको सात बजे समाप्त भएको थियो।