SUCHANA! SUCHANA! SUCHANA!

Dear All, Please be informed that the SAKELA will be on Saturday 17 May 2014, Venue Tbc.

                    

                                             साकेला आयो त्यहि भेटौला

चक्रबहादुर राई , बेलायत

प्रकृतिको पनि आफ्नै नियम हुन्छ कुनै न कुनै समयमा केहि न केही परिवर्तन आउछ नै गत बर्ष ई.सं. २००९ को शितकालिन समयमा परेको हिमपात निकै भयाबह थियो  यो नै पहिलो पटक भने होईन, यस्तो हिमपात धेरै बर्ष अगाडि पनि भएकै हो, तर पनि जाडोको समय पनि बिस्तारै बिस्तारै  पछाडि  सर्दैछ, घाम्को किरणले ज्यान निक्कै तात्तियको महसुस हुन्छ, | रुखको पात फेरियो, पाउला पलायो, खेत बारी रसिलो र  हरियो हुन थालयो, दिन पनी निक्कै लामो भईसकेकोछ |

 चरा चुरुङिहरुको भाका फेरियो, आकाशमा करेङकुरुङको बथान पनि उत्तरतिर लागेको देखिन्छ, साच्चैइ अबत बर्षा सुरुभयो,  बैशाखे पुर्णिमा पनि आउनै लागेछ, खोलाको माछा पनि अबत उकालो लागछन, उभौलीको समयहो यो, भुमि, नाग नगिनि, प्रकृतिको पूजा आराधना गरी बल माग्नु पर्छ |

 सधैं यसरिनै ऋतु परिवर्तन हुन्छ, यसै भन्थे बुढापाका सिकुवाको डिल्मा बसेर साएदै जुनबेला प्रकृतिलाई भगवानको रुपमा पुजा गरिन्थ्यो त्यस समयमा घडी, पात्रो, र क्यलेन्डर थिएन होला किनकी भैचालो गएको साल जन्मेको छोराको नाम भैचाले राख्नुले यसको प्रुस्टी गर्दछ भने रुख बिरुवा र चराचुरुङीमा भएको परिवर्तन ऋतु परिवर्तनको चिन्न हो रातमा पहिलो,दोस्रो र तेस्रो भालेको डाँक र दिनमा आफ्नै छायालाई हेरेर समयको हेक्का रहन्थ्यो सायदै यसै समय बाट सुरु भयो साकेला/साकेन्वा |

गाउका छोरीचेलीहरुले छ महिना अगाडिनै सबैको घ-घरमा जाड  पकाएर छिप्पी सकेकोछ, यस्ता सामुहिक कार्यमा खाजा पानीको बन्दबस्त मिलाउने जिमेवारी गाउ घरमा छोरी बुहारीको हुन्छ |  वास्तबमा यसरीनै सुरुहुन्छ हरेक बर्ष भुमीपुत्र किरात राइहरुको साकेला/साकेन्वा | आजभोलि यतिबेला बिस्वको कुना कुनामा जहाँ भयपनी किरात राइहरु महान चाड साकेला/साकेन्वा मनाउन उत्सुक्ताका साथ्  तमतयार भएर बसेको हुनुपर्छ,| 

 यस पर्बमा आउने सहभागीहरुले प्राय आ-आफ्नै जातिय भेस भुसा गरगहनामा पैरियर जानु र सिलिको प्रदर्शन गर्नु  छुत्तै एक  बिशेसता हो |  त्यस नाचमा  नाचिने शैलीलाई सिली भनिन्छ, सिली भनेको प्रकृतिमा गरिने हरेक क्रियाकलापको नक्कल या कुनै जीवजन्तुहरूको हाउभाउगर्नु हो। साकेला / साकेन्वा नाच्दा सिलिमाङपा (सिली नाचेर देखाउने  छोरामान्छे) वा सिलिमाङमा (सिली नाचेर देखाउने छोरीमान्छे)को अगुवाइमा नाच्ने गरिन्छ। नाच्दा सिली तलमाथि भयर बिग्रियो भने त्यसलाई  अशुभहुने भनी मुन्दुमी पारखीहरु बताउछन् ।

त्यस्तै साकेला / साकेन्वा नाच्दा नाचमा सहभागी सबैको एकैखाले हात र खुट्टाको चलाइ नमिलेमा नाच्न आनन्द नआउने कुरामा नाचका भुक्तभोगिहरु बताउँछन् । सिलीहरू यति नै छन् भन्न सकिन्न,  साकेन्वा विज्ञको भनाईअनुसार सिलीहरू धेरै थिय, हिजो आज धेरै लोप भएर गएपनी अझै ४० / ५०  वटा भन्दा बढी जिबितछन् | नाचमा संगीतको पनि त्यतिकै ठूलो भूमिका छ कुनै साकेला / साकेन्वा नाचहरूमा गीत, संगीत दुवैको अनिवार्य हुन्छन् जस्ते भोजपुरको हतुवा क्षेत्रमा नाचिने स्यामुना नाच लाई यसको उधाहरण  मानिन्छ |

साकेला/  साकेन्वामा ढोल झ्यम्ताको संगीतमय आवाजसँग गीत गाइन्छ यसमा आपसी सम्बन्ध, भाइचारा, मायाप्रेम, प्रकृतिको  चित्रण,चेतनाका कुराहरू गासिएका हुन्छन् | ढोल झ्यम्टा  को प्रयोग जुनसकै बेला गर्न  हुँदैन, जब साकेन्वा नाच्ने तिथी, मिती समय आउछ, तब मात्र यिनीहरूको विधिवत पूजा गरी बजाउन मिल्छ भनिन्छ जुनसुकै बेला बजाएमा त्यसको अशुभ हुन्छ भन्ने भनाई छ ।

साकेला/साकेन्वाको पूजागर्दा श्रृष्टिकर्ता पारुहाङ सुम्निमा लगायत मृतक आत्मा, देवीदेवता, भूतप्रेत, नाग नागिनी आदिको पनि पूजा आराधना गरिन्छ । त्यसैले भुमिपुत्र  किरातीहरू आफूलाई प्रकृतिपूजकको रूपमा लिने गर्छन् । बैसाखे पूर्णिमाको समयताका अन्नबाली रोप्ने समयमा  यी भूमिपूत्रहरूले उँभौली साकेला / साकेन्वा महत्वका साथ मनाउछन |

अन्नदाता भूमि (माटो)को पूजा गर्दा अब  बालिनाली लगाउदैछो  राम्ररी फुलोस, फलोस हावा पानी बाढि  पहिरो असिनाले नलगोस कुनै प्राकृतिक विपत्ति नपरोस भनी पूजा आराधना गरिन्छ | यस पर्बमा किरात राइ आमा दिदी बैनिहरु परम्परागत गुनेउ, चोउबन्दीचोली र सेतो पटुकिमा सज्जियका देखिन्छ |

दाजु भाईहरु दौरा सुरुवल अस्कोट पहिरन्छन, त्यस्तै स-साना नानीहरुलाई हेर्दा जो कसैलाई पनि पहिरणको आकर्सण हुनु स्वाभाबिकै हो, भने उता परम्परागत भेषभूषाको सट्टा भड्किलो फेसनमा ताल न बेतालको गीतहरू गाउदै नाच्नेहरूको भीड पनि बढिरहेको पाईन्छ बिसेसगरी नयाँ पुस्तामा हाम्रो संस्कृतिको बचावट गर्न आँफै अग्रसर भयर जाने बातावण तयार गर्न हामी अबिभाबक ले पनि जिम्मेवारी बोध गर्नुपर्ने देखिन्छ |

हामी किरात राईहरु नेपालका आदिबासी अथवा मुल बासिन्दाका रुपमा परिचित किरात राई मुख्य जाति हौ | हामी हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति, मुल्य, मान्यता, जिवनशैलीको रक्षा गर्न चाहान्छौ |  हामी स्वाभिमानी अस्तित्वप्रेमी हौ, छौ | दुई सय बर्ष भन्दा लामो समय देखि हामी माथि गर्दै आएको साम्राज्यबादी  , सामन्तबादी, शोषण उत्पिडनबाट, मुक्ती प्राप्त गर्न हाम्रा पुर्खाहरुले पटक पटक प्रयत्न गर्दै आएका थिए |

करिब २०३७ साल पस्चात किरात राईहरुको अस्तित्व सम्रक्षण गर्ने कार्यले ब्याबस्थित निस्चित दिशा लिनको लागि किरात राई भाषा, धर्म, संस्कृति, पर्ब, जीवनप्रणाली जातिय पहिचानको रक्षाको निम्ती प्रभाबकारी कदम चालिन सुरु भयो |

तर पनि  साम्राज्यबाद सामन्तबादका बिभिन्न मुखुन्डोधारी एजेन्टहरुले हामी किरात राईहरुको प्रयासहरुलाई बारम्बार असफल पार्दै असफल पार्ने प्रयास गरे | हामीले प्राचीनकालदेखि मान्दै आएको किरात राईहरुको मुन्दुम धर्म मान्नेहरुलाई क्रमस हतोत्साहित पार्दै लान थालियो हामीहरुलाई हिन्दू धर्मको प्रभाबमा ल्याउन डर, त्रास, षडयन्त्र मनोबैज्ञानिक उपाय समेत प्रयोग गरियो हिन्दुकरण गर्ने काम सरकारबाटै जबरजस्ती लादिएको थियो |

तर २०४६ सालको अन्त्यमा पन्चायती सासनकालको अन्त्य भई बहुदल ब्यबस्था आएको घोषणा भए पस्चात हामी भुमी पुत्र किरात राईहरुको भाषा , धर्म, संस्कार, को संरक्षण सम्बर्द्यन गर्नको लागि २०४६ सालमा नेपालमा पहिलो पटक किरात राई यायोक्खाको स्थापना भएको हो | जस अन्तरगत नेपालमा लगायत विश्वको बिभिन्न स्थानमा किरात राई