|
अब पालो
भुमिपुत्र किरातहरुको
सोइ
ढोले सोइ
अर्को
ढोले
खोइ
जाडोको समय पनि बिस्तारै बिस्तारै पछाडि सर्दैछ, घाम्को किरणले ज्यान निक्कै तात्तियको महसुस हुन्छ, | रुखको पात फेरियो, पाउला पलायो, खेत बारी रसिलो र हरियो हुन थालयो, दिन पनी निक्कै लामो भईसकेकोछ | चरा चुरुङिहरुको भाका फेरियो, आकाशमा करेङकुरुङको बथान पनि उत्तरतिर लागेको देखिन्छ, साच्चैइ अबत बर्षा सुरुभयो, बैशाखे पुर्णिमा पनि आउनै लागेछ, | खोलाको माछा पनि अबत उकालो लागछन, उभोउलीको समयहो यो, भुमि, नाग नगिनि, प्रकृतिको पूजा आराधना गरी बल माग्नु पर्छ | यसै भन्थे बुढापाका सिकुवाको डिल्मा बसेर | उता कदमको दत्तिउन हात्मा बोकेर छेउमै बसेका ठिटाहरु मुखामुख गरेर भन्छन गाउमा भयका ढोल्हरु मरमत गरेर ताना तन्काउनु पर्छ, ढोल बजेन भने हामी ठिटाहरुको बेइजत हुन्छ |यसपालिको उभोउलिमा साकेला थान्को ठुलो मेलामा हामी पनि जानछोउ, मज्जाले सिली नाच्नेहो, ठिटाहरुको बोली भुइमा नखस्तै उता खाट्को छेउमा स्कुलको होमर्क लियर बसेका स्कुले केटा केटीहरु एकस्वोर लगाएर बिचैमा आफ्नो मन्साय पोखिहाले | उता गाउका छोरीचेलीहरुले छ महिना अगाडिनै सबैको घ-घरमा जाड पकाएर छिप्पी सकेकोछ, यस्ता सामुहिक कार्यमा खाजा पानीको बन्दबस्त मिलाउने जिमेवारी गाउ घरमा छोरी बुहारीको हुन्छ | वास्तबमा यसरीनै सुरुहुन्छ हरेक बर्ष भुमीपुत्र किरात राइहरुको साकेला/साकेन्वा | उँभौलीमा माछा, चराचुरुङ्गी तथा जीवजन्तुहरू गर्मीयामको सुरुसङै उँभो हिमालतिर लाग्ने भएकोले प्रकृतिको नियमलाई स्वीकार गर्दै सुन्य आकाशमुनी ढुङ्गाको मुर्ती राखी प्रकृतिको पूजा गर्ने किरात राइहरु यो समयलाई उभोउली भन्ने गर्दछन | आजभोलि यतिबेला बिस्वको कुना कुनामा जहाँ भयपनी किरात राइहरु महान चाड साकेला / साकेन्वा मनाउन उत्सुक्ताका साथ् तमतयार भएर बसेको हुनुपर्छ,| भनाइछ कुनै पनि जाती वा समुदयलाई समाप्तपर्नको लागि हरेक ब्यक्तीको हत्या गरिरहनु पर्दैन उसको धर्म र सस्कृतिलाई समाप्त पारीदिय त्यो जाती वा समुदाय आँफै समाप्त भयर जान्छ| शायद यस भनाइलाई नेपालका आदिबसी जनजातिहरुले आत्मासाथ गरेको हुनुपर्छ त्यसइलेत हाम्रो धर्म सस्कृतिको बचाउ गरेर राखेको पाईन्छ | यदी २०४६ सालमा आदिबासी जनजातिहरुले बलिदानिपूर्ण आन्दोलन नगरेको भय आ-आफ्नो भाषा,धर्म,सस्क्रितीको सम्रक्षण सम्बर्द्यन गर्ने अधिकार सुनिस्चित हुने थियन, आज यो सफलता मिलेको छ | तर हामीले त्यतिमा सन्तुस्ट भएर बस्ने समय भने पक्कै पनि छैन भाषा धर्म र सस्कृतिको समरकक्षण सम्बर्ध्न गर्नुका साथ् साथै आजको शिक्ष् र बिज्ञान, प्रबिधी सँग पनि पोउठे जोरी नखेल्ने हो भने फेरी पनि पछीपर्ने पक्कापक्की हो , तसर्थ हामी सङ्सङै अगाडि बढन जरुरी छ | नेपालमा नयाँ नेपाल बनाउने क्रममा नयाँ संबिधान लेखिदै छ यस समयमा हामी सम्पूर्ण किरातहरुको राय के? के हाम्रो मनोभावनालाई कदरगर्ने खाल्को संबिधान बन्ला ? भोली सम्पूर्ण किरातहरुको निती निर्माण र सत्ता साजेदारिमा अधिकार सुनिस्चित हुन्छत ? यदी हुँदैन भने के ? बासको हाङगा पनि छिप्पिय पछी बङगायो भने भाचिन्छ तर फलाम पनि तातियकोबेला घन्ले कुत्योभने आफुलाई चाहेको आकार बनाउन सकिन्छ आजहामीले यस बिषयमा कसरी सोचेका छो | नेपालमा ३२ पुषतासम्म राज्यगर्ने हामी किरातिहरु लाखा पाखा लाग्नु हाम्रो पनि केही कमिकम्जोरी छ भनेर किराती ईतिहासकारहरु भन्छन | किरात स्वायत्त राज्य आजको मागहो त्यसलाई सफल बनाउनको लागि तपाईं हामी सबै यक भएर अगाडि बढ्नु आजको आबस्यक्ता हो | सन्दर्भ फेरी सकेला/सकेन्वाकै, परदेशमा रहेर पनि हङ्कङबासी किरात राइहरुले धेरै अगाडिबाट जोडदार सँग यस् पर्बलाई मनाउनदै किरात राइहरुको आफ्नो सस्कृतिलाई बच्चाउन लागिपरेको पाईन्छ | त्यसैगरी बेलायतमा धेरै पहिला बाट साकेला साकेन्वा मनाउदै आयपनी गत २००४ देखी बिधिबतरुपमा अधिकारिक छाता संगठन गठन गरी भब्यताका साथ मनाइदै आयकोछ | त्यसइगरी अमेरिका, जापान, कोरिया लगाएतका अन्य देशहरुमा पनि यसलाई किरात राइहरुले नेपालको राष्ट्रिय महान पर्बको रुपमा मनाउने गर्दछन्। बर्षमा २ पटक मनाइने यो चाडको आफ्नै बिशेसता र महत्व छ। यस पर्बमा आउने सहभागीहरुले प्राय आ-आफ्नै जातिय भेस भुसा गरगहनामा पैरियर जानु र सिलिको प्रदर्शन गर्नु छुत्तै एक बिशेसता हो | त्यस नाचमा नाचिने शैलीलाई सिली भनिन्छ, सिली भनेको प्रकृतिमा गरिने हरेक क्रियाकलापको नक्कल या कुनै जीवजन्तुहरूको हाउभाउगर्नु हो। साकेला / साकेन्वा नाच्दा सिलिमाङपा (सिली नाचेर देखाउने छोरामान्छे) वा सिलिमाङमा (सिली नाचेर देखाउने छोरीमान्छे)को अगुवाइमा नाच्ने गरिन्छ। नाच्दा सिली तलमाथि भयर बिग्रियो भने त्यसलाई अशुभहुने भनी मुन्दुमी पारखीहरु बताउछन् । त्यस्तै साकेला / साकेन्वा नाच्दा नाचमा सहभागी सबैको एकैखाले हात र खुट्टाको चलाइ नमिलेमा नाच्न मज्जा नआउने कुरामा नाचका भुक्तभोगिहरु बताउँछन्। सिलीहरू यति नै छन् भन्न सकिन्न, साकेन्वा विज्ञको भनाईअनुसार सिलीहरू अनगिन्ती थिय, हिजो आज धेरै लोप भएर गएपनी अझै आजपनी ४० / ५० वटा भन्दा बढी जिबितछन् | किरात राइहरूको जातिपिच्छे र ठाउ अनुसार फरक, फरक सिली, हुन सक्छ तर चासुम सिली, माक्सा सिली, वाप्पा सिली,तारेवा सिली लाङ्थेप्मा सिली, चानुक्मा सिली, आदि सिलीहरू प्रख्यत हुन्। उदाहरणको लागि चासुम सिली, यो सिलिगर्दा धान बाली लगाउदा देखी फलाउनको लागि रोप्ने काम, गोड्ने देखि धान पाकीसकेपछि काटेर खलामा दाही गरेर भित्रौने काम आदि कार्यमा जे विधिहरू अपनाइन्छ त्यस सिली नाच्दा त्यस्तै क्रियाकलाप र हाउभाउ मिलाएर नाच्ने गरिन्छ । नाचमा संगीतको पनि त्यतिकै ठूलो भूमिका छ। कुनै साकेला / साकेन्वा नाचहरूमा गीत, संगीत दुवैको अनिवार्य हुन्छन् जस्ते भोजपुरको हतुवा क्षेत्रमा नाचिने स्यामुना नाच लाई यसको उधाहरण मानिन्छ | साकेला/ साकेन्वामा ढोल झ्यम्ताको संगीतमय आवाजसँग गीत गाइन्छ यसमा आपसी सम्बन्ध, भाइचारा, मायाप्रेम, प्रकृतिको चित्रण,चेतनाका कुराहरू गासिएका हुन्छन् | संगीतमा ढोल झ्यम्टा महत्वपूर्ण हुन्, ढोल काठको ढुङ्रो जसको दुई मोहोरामा गाई, गोरु वा भैसीको छालाले मोडिएको हुन्छ। झ्यम्टा भने काँसबाट बनाइएको हुन्छ र स्यामुना नाचमा सिलिमे (फलामको दाबिलो जस्तो छिन्द्रिङ्ग बज्ने)र पोमी (चोउरी गाइको पुच्छर )प्रयोग गरेको पाइन्दैन| ढोल झ्यम्टा को प्रयोग जुनसकै बेला गर्न हुँदैन, जब साकेन्वा नाच्ने तिथी, मिती समय आउछ, तब मात्र यिनीहरूको विधिवत पूजा गरी बजाउन मिल्छ भनिन्छ । जुनसुकै बेला बजाएमा त्यसको अशुभ हुन्छ भनिन्छ। प्रायः ढोल छोरामान्छेहरूले काध्मा भिरेर एउटा डण्डीले बजाउदै लामबद्ध भयर नाच्छन् भने झ्याम्टा छोरीमान्छेहरूले दुईहातमा लिएर बजाउदै नाच्ने गर्छन्। बाजा नभएकाहरूले हातमा सेउली लिएर के बुढाबुढी, के तरुनीतन्नेरी, के केटाकेटी सबैले गीतको भाकाहरू हातमा हात, काधमा काध मिलाएर नाच्छन् | यस सिलिमा खुट्टे सिली भन्दा हाते सिलीको बढी प्रयोग गरियको पाईन्छ| त्यसै गरी भोजपुरको हतुवा भन्दा अन्य बाँकी सबै ठौमा प्राय हात खुट्टा दुबैको सिली नाचिन्छ यो हेर्दा अती जोसिलो, फुर्तिलो शायद उनिहरुलाई प्रकृतिदेबबाट शक्तिनै प्रदान पाएको झै देखिन्छ |र नाच्न नजान्नेहरुलाई पनि नाचोउ, नाचोउ लाग्दछ | खुट्टे सिलिगर्दा गितको त्यती अनिबार्य हुँदैन तर ढोल र झ्याम्टाको मिस्त्रित ताल अनिबार्य हुन्छ |यसरी ताल जती जती जोसिलो बन्दै जान्छ नाच्नेहरु त्यतिकै जोसिने र नाच आकर्सक हुने कुरामा यसका वनुभबीहरु गर्बकासाथ बताउछन |यसरी नाच्दा गोलाकार भयर नाचिनेहुँदा साकेला थानलाई नाच्को बीच भागमा पारीन्छ त्यसो गर्न नमिले रुखको हाङगा अस्थायीरुपमा गाडिएको हुन्छ, । जसको वरिपरी साकेला / साकेन्वा सिलि नाच्नेहरू गोलाकार आकारमा गीतसंगीतको तालमा नाच्ने गाउने गर्छन्। बीचमा त्यो रुखलाई सेउलीको प्रतीकको रुपमा स्थापना गरिएको हुन्छ। रुख भनेको शितलताको प्रतीक पनि हो। त्यो रुख किरातीहरूमा पवित्र मानिने मुसुरेकटुस्को भयमा राम्रो हुन्छ भन्ने पुर्खोउली भनाइछ | यसरी थापिएको साकेला / साकेन्वा थानमा पूजारी बसी पूजा गरिन्छ जुन पूजारीलाई होमे वा नाक्छोङ भनिन्छ। वरिपरी परम्पराअनुसार किरातीहरूसँग सम्बन्धित अदुवा, अन्न, वाबुप (चिण्डो)मा मर्चापानी, जाड वा रक्सी राखी सारा गाउ समाज र जगतको भलो होस् भन्ने हेतुले पूजा गर्ने गरिन्छ। त्यसको अलावा धनु, बाण, भाला, तरबार, ढाल, लगायत किसानहरुले खेतिमा प्रयोग गरिने हलो कुते कोदालो हसिय खुर्पा खुर्मी र धान मकै कोदो फापर उपलब्ध भयसम्मको सामाग्रीहरु राखी पूजा गर्ने गरिन्छ, तर यो बिधी ठाउँ अनुसार फरक पनि हुन सक्दछ । नाक्छोङले लगाउने परम्परागत लुगा र हतियारहरूले सुसज्जित हुदा परापुर्ब कालका किरातेस्वर पूजारीको स्वरुप देखिन्छ । साकेला / |